नियम १०२
प्रहरी कर्मचारीले गरेको काम कारबाहीको सफाइ
: कुनै प्रहरी कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति नलिई कुनै व्यक्तिद्वारा निजको कर्तव्यपालनका सम्बन्धमा लेखाइएका झुठ्ठा आरोपको निमित्त प्रेस अथवा अदालतको सहारा लिन हुँदैन । तर यस नियमले प्रहरी कर्मचारीको आफ्नो व्यक्तिगत काम अथवा चरित्रको सम्बन्धमा सफाइ दिन पाउने अधिकारमा कुनै बाधा पर्ने छैन ।